कानुन समितिमा सभापति खड्का मनोनित
पशुपति अन्नपूर्णा आश्रम संस्था राष्ट्रिय समिति अन्र्तगत रहेको कानुन समितिको वरिष्ठ उपाध्यक्ष पदमा यस संस्थाको कर्णाली प्रदेश अन्र्तगत रुकुम जिल्लाका सभापति दिनेश खड्का मनोनित हुनु भएको छ ।
राष्ट्रिय समिति को मिति २०७७ बैशाख ३० गते वसेको बैठकको निर्णयले खड्का लाई उक्त समितिमा मनोनितका लागि सिफारिस गर्ने निर्णय गरेको थियो ।
संस्थाका केन्द्रिय अध्यक्ष तथा नेपालीहरुको अन्तराष्ट्रिय संस्था हामी नेपाली ग्लोवलको प्रमुख संरक्षक अन्तराष्ट्रिय समाजसेवी प्रा.डा.जगदिश बैद्यले राष्ट्रिय समितिको सिफारिसमा उहाँलाई मनोनित गर्नु भएको हो ।