काभ्रेका दुई र धादिङका एक युवामा र्यापिड टेस्टले कोरोना पोजेटिभ देखायो
र्यापिड डाइग्नोस्टिक परीक्षण (आरडीटी) गर्दा जिल्लाको बेथान्चोक गाउँपालिका र मण्डनदेउपुर नगरपालिकाका एक-एक जनामा कोरोना भाइरस पोजिटिभ देखिएको छ।
बेथान्थोक गाउँपालिका वडा नम्बर ५ का २८ वर्षीय युवा र मण्डन देउपुर नगरपालिमा वडा नम्बर–३ नयाँ गाउँका २३ वर्षीय युवामा कोरोना भाइरस पोजिटिभ देखिएको हो।
उनीहरुको दुवैको स्वाब थप परीक्षणका लागि धुलिखेल अस्पतालमा पठाइएको छ। बेथाञ्चोकका युवा ९ चेतमा भारतबाट र मण्डनदेउपुरका युवा ७ चैतमा दुबईबाट आएका हुन्।
यस्तै धादिङको ज्वालामुखी गाउँपालिकामा भएको आरडिटी परीक्षणमा एक जना युवामा कोरोनाको लक्षण देखिएको छ। दक्षिण कोरिया बसेर फागुन २० गते घर फर्किएका एक जनामा आरडिटी परीक्षण ‘पोजेटिभ’ देखिएको हो। यसको आधिकारिक पुष्टि भने स्वास्थ मन्त्रालयले गरेको छैन ।