ढाड दुख्ने समस्या छ ? केहि टिप्स
हिजोआज ढाड दुख्ने समस्या सामान्य हुँदै आएको पाइन्छ । यही समस्याका कारण झण्डै ८० प्रतिशत मानिस प्रभावित हुने गरेका छन् ।
यो समस्या उमेर पुगेका वृद्धवृद्धाहरूमा धेरै हुने गर्छ । उमेर पुगेका वृद्धवृद्धाको हड्डी कमजोर हुने भएका कारण उनीहरूमा ढाड दुख्ने समस्या धेरै हुन्छ ।
त्यस्तै महिनावारी सुकेका महिलामा पनि ढाड दुख्ने समस्या धेरै हुने गर्छ । यो समस्या पुरुषको तुलनामा महिलालाई बढी हुन्छ ।
हामीकाहाँ धेरैजसो ढाड दुख्ने समस्या लिएर आउने गर्छन् । कतिलाई लाग्न सक्छ, यो सामान्य कुरा हो । तर, ढाड दुख्ने समस्याले हाम्रो दिनचर्या नै प्रभावित हुनसक्छ ।
त्यतीमात्र होइन, ढाड दुख्नुको कारण सामान्य मात्र पनि नहुन सक्छ । यसले कतिपय शारीरिक जटिलताको संकेत गर्छ ।
बसाईको पोजिसन नमिल्दा, धेरै समय एउटै पोजिसनमा रहेर काम गर्दा, सुताई नमिल्दा पनि ढाड दुख्नत सक्छ । तर, ढाड दुख्नुको कारण यतिमा मात्र पनि सीमित छैन ।
पिसाबको संक्रमणमा, मेरुदण्डको मांसपेशी च्यातिएमा, नसाको समस्या भएमा ढाड दुख्छ । कतिपय अवस्थामा ढाड दुखाइले मिर्गौलामा समस्या भएको समेत संकेत गर्छ ।
किन दुख्छ ढाड ?
-उचित व्यायाम नगर्नाले
-धेरै लामो समयसम्म कुर्सीमा बस्दा
-घरको काम गर्दा
-हड्डी र नशाको समस्या भएमा
-मेरुदण्ड वा लिगामेन्ट (मांसपेशी) च्यातिएमा
-पेटको समस्या
-पिसाबको संक्रमण
-मिर्गौला सम्बन्धी समस्या
-मेरुदण्डको क्यान्सर
-सुत्दा नमिलेर वा सुतेर पढ्दा
ढाड दुख्ने समस्याको लक्षण
-दुखेको ठाउँमा तातो हुँदै जानु
-दुखाइ खुट्टासम्म सर्दै जानु
-ढाड सन्न हुनु
-खुट्टा झमझमाउनु
-हिँड्दा खुट्टा कमजोर हुनु
-खुट्टामा प्यारालाइसिस समेत हुनसक्छ
जोगिने उपाय
-लामो समयसम्म मेचमा बस्नु हुँदैन । बसे पनि कम्मर बेल्ट प्रयोग गर्ने वा पछाडि तकिया राख्ने
-उचित तरिकाले व्यायाम गर्ने
-गर्हौँ काम नगर्ने
-यो समस्या क्याल्सियमको कमीका कारण पनि हुनसक्ने भएकोले पर्याप्त मात्रामा दूध, दहीको सेवन गर्ने
-नियमित व्यायाम गर्ने
-मदिरापान तथा धूमपान नगर्ने
उपचार विधि
-ढाड दुख्ने समस्या भए चिकित्सकलाई जाँच गराउनु पर्छ । एक्सरे, सिटी स्क्यान वा एमआरआई गरेर पनि ढाड दुख्नुको मुख्य कारण जस्तै मेरुदण्डको समस्या, मेरुदण्डको क्यान्सर, नसा च्यापिएको, लिगामेन्ट मांसपेशीको समस्या, डिस्कको समस्या, स्कोलियोसिस, कम्प्रेसन फ्याक्चर (जुन बूढेसकालमा महिलाहरूमा बढी हुन्छ) पत्ता लगाउन सकिन्छ ।
-ढाड दुख्दा पिसाब वा रगतको जाँच गरेर पनि अन्य कारण पत्ता लगाउन सकिन्छ ।
-दुखाइ सहन सक्ने किसिमको छ भने फिजियोथेरापीद्वारा ढाड दुख्ने समस्या कम गर्न सकिन्छ ।
-दुखाइ सामान्य किसिमको छ भने सामान्य पेनकिलर सेवन गरेर तथा व्यायाम गरेर पनि तीन महिनामा निको पार्न सकिन्छ । तर दुखाइ गम्भीर भएमा यो समस्या लामो समय रहिरहन्छ । कुनै चोटपटकका समस्या भएमा घरमै आराम गरेर तथा वरफले सेकेर पनि दुखाइ कम गर्न सकिन्छ ।
-नियमित व्यायाम गरेर, दुग्धजन्य पदार्थको सेवन गरेर, तीनदेखि छ महिना क्याल्सियमको सेवन गर्ने तथा गम्भीर किसिमको दुखाइलाई इन्जेक्सको प्रयोगद्वारा छ महिनामा पनि ठीक पार्न सकिन्छ ।
-यदि तपाईको नियमित उठबस गर्दा ढाड र जोर्नीहरु दुख्छ भने अमलाको धुलो खानुपर्छ ।
-तुलसीको पातको तेल बनाएका दुखेको ठाउँमा नियमित मसाज गर्नुपर्छ ।
-यदि जोर्नीहरु दुखेको ठाउँमा नुन पानी तताएर सेकेर सर्सिउको तेलले मसाज गर्दा पनि ठिक हुन्छ ।
-जाडो महिनामा नुहाउदा जहिल्यै पनि तातोपानीको प्रयोग गर्नुपर्छ ।
-अर्को कुरा कब्जित हुने खानेकुरा भुलेर पनि खानु हुदैन् । यसले नकरात्मक असर पर्छ ।
-र बाहिर बजारमा पाइने फास्ट फुडहरु खानुभन्दा आफुले घरमै बनाएको खानेकुरा खानुपर्छ ।