प्रा.डा.बैद्य द्धारा मानवीय सेवाका लागि रकम हस्तान्तरण
पशुपति अन्नपूर्णा आश्रम संस्थाका केन्द्रिय अध्यक्ष तथा नेपालीहरुको अन्तराष्ट्रिय संस्था हामी नेपाली ग्लोवलको प्रमुख संरक्षक अन्तराष्ट्रिय समाजसेवी प्रा.डा.जगदिश बैद्यले नेशनल मल्टिपल कलेजवाट प्राप्त भएको पारिश्रमिकवाट नेपाल सरकारको नियम अनुसार कर कठ्ठा गरि रु.पन्ध्र हजार दैनिक ज्याला मजदुरी गरिरहेका विपन्न परिवारलाई खाना खुवाउन सहयोग गर्ने गरि रकम हस्तान्तरण गर्नु भएको छ ।
बैशाख ३१ गते प्रा.डा.बैद्यले उक्त रकम पशुपति अन्नपुर्णा आश्रम संस्था अन्र्तगत कपडा वैक समितिका प्रमुख विमला पन्तलाई हस्तान्तरण गर्नु भएको हो ।
लामो समय देखि सामाजिक सेवामा सक्रिय वैद्यले यस अधि नै सन २०२० मा राष्ट्रिय तथा अन्तराष्ट्रिय संघ संस्थाहरुवाट आफुलाई प्राप्त हुने पारिश्रमिक सहितका सबै सेवा सुविधा मानव सेवामा लगाउने घोषणा गर्नु भएको थियो ।