स्वस्थ जीवनशैली कसरी अपनाउने ?
स्वस्थ रहनुको अर्थ बेलाबखत सलाद खानु वा केही दिनमा एकपटक मर्निङवाक जानु होइन । स्वस्थ रहनको लागि आफ्नो तर्फबाट थोरै मेहनत गर्नैपर्छ ।
एक स्वस्थ जीवनशैली अपनाउन चाहनुहुन्छ भने स्वस्थ खानपान र व्यायामलाई आफ्नो दिनचर्याको हिस्सा बनाउनुहोस् । यस्तै तपाईंले सरसफाईमा ध्यान दिनुहोस् र पर्याप्त नसुत्ने बानीलाई हटाइदिनुहोस् ।
जीवनशैलीमा परिवर्तन ल्याउनको लागि थोरै सुधार गनुपर्छ । स्वास्थ्यमा परिवर्तन त्यतिखेर मात्रै देखिन्छ जब आफ्नो तर्फबाट मेहनत गर्नुहुन्छ ।
स्वस्थ जीवनशैली अपनाउनको लागि टिप्सः
विधि १. स्वस्थ खाना खाने
स्वस्थ खाना खाएर हामीले हाम्रो शरीरलाई स्वस्थ र बलियो बनाइ राख्न सक्छौं । आफ्नो भोजनमा यसरी स्वस्थ र सन्तुलित आहार समावेश गर्नुहोस्ः
अस्वस्थ फ्याट कम भएको खाना खानुहोस्
अस्वस्थ खानामा ट्रान्स र स्याचुरेटेड दुवै खाले फ्याट हुन्छन् । यी फ्याटले एलडिएल कोलेस्टेरोल बढ्छ । यसको मतलब मुटुरोगको सम्भावना बढ्छ ।
जुन खानेकुरामा धेरै ट्रान्स फ्याट हुन्छ त्यसमा ती खानेकुरा हुन्छन् जस्तै बेक गरिएका, प|mाइ गरिएका खानेकुरा, प|mोजन पिज्जा र अन्य प्रशोधित खानेकुरा आदि ।
त्यस्तै स्याचुरेटेड फ्याटले भरिएका पदार्थमा पिज्जा चिज रेडमिट र फुल फ्याट दूग्ध उत्पादन समावेश छन् । नरिवलको तेलमा पनि स्याचुरेटेड फ्याट धेरै हुन्छ तर, त्यसले गुड कोलेस्टेरोल पनि बढ्छ । त्यसैले नरिवलको तेल प्रयोग गर्दा कुनै समस्या हुँदैन ।
स्वस्थ फ्याट हिसाब गरेर खानुहोस्
पोली अनस्याचुरेटेड, मोनो अनस्याचुरेटेड र ओमेगा ३ फ्याट सबै स्वस्थ जीवनशैलीको लागि उचित विकल्प हुन् । यी फ्याटहरुले तपाईंको एलडी कोलेस्टेरोल कम गरेर एचडीएल कोलेस्टेरोललाई बढाउँछ जसले मुटुरोगको सम्भावना कम हुन्छ ।
खानामा सँधै ओलिभ, केनोला सोया, पिनट र कर्न तेल प्रयोग गर्नुहोस् । माछामा ओमेगा ३ फ्याटी एडिड धेरै हुन्छ । माछा खाँदा सालमन, टुना, ट्राउट खानुहोस् ।
चिनी र प्रशोधित कार्वोहाइडे्रट कम भएका खाना खानुहोस्
मिठाई, सफ्ट डि्रङ्क, धेरै गुलिया फलफूल र पाउरोटी थोरै खानुहोस् । यसको सट्टा कम गुलिया फलफूल, ताजा जुस र होल ग्रेन ब्रेड छान्नुहोस् ।
प्रशोधित खानाको सट्टा होल ग्रेन फुड खानुहोस् । होल ग्रेन फुडमा कार्वोहाइड्रेट, प्रोटिन, फ्याट र अन्य पदार्थको सहि समन्वय हुन्छ ।
धेरै भिटामिन र मिनरलको मात्राको लागि फलफूल र सागसब्जी खानुहोस् । धेरै चिनी र नुन हुने बट्टामा राखिएका सागसब्जी र फलफूलको सट्टा ताजा फलफूल र सब्जी खानुहोस् ।
प्रोटिनको लागि पातलो मासु, गेडागुडी र टोफुको सेवन गर्नुहोस् । लो फ्याटयुक्त दूग्घ उत्पादन खानुहोस् ।
अर्गानिक खानेकुरालाई प्राथमिकता दिनुहोस्
सकेसम्म प्राकृतिक खाद्यान्न स्टोर वा स्थानीय कृषक मार्केटबाट सामान किन्नुहोस् । अर्गानिक खानामा धेरै पौष्टिक तत्व हुँदैन तर, त्यसमा किटनाशक तथा फुड एडिटिभ्स हुँदैन । आम रुपमा यो पर्यावरण र पृथ्वीको लागि पनि राम्रो हुन्छ ।
यदि तपाईंलाई मुल्यको चिन्ता छ भने केही मात्रै अर्गानिक सामान जस्तै स्याउ, अंगुर, हरिया सागसब्जी आलु आदि खरिद गर्नुहोस् । अग्र्यानिक बाहेकका यी व्यावसायीक रुपमा यी सब्जीहरु र फलहरु उत्पादन गर्दा धेरै किटनाशक प्रयोग हुने गर्छ ।
विधि २. व्यायाम गर्नुहोस्
व्यायाम गरेर हामी स्वस्थ रहन सक्छौं । व्यायामले हाम्रो शरीरलाई फिट राख्छ र मांसपेशीहरुलाई मजबुत बनाउँछ । यसले हाम्रो रोग प्रतिरोधी क्षमता पनि बढाउँछ ।
व्यायामको सुरुवात र अन्त्य स्ट्रेचिङबाट गर्नुहोस्
हल्का स्ट्रेचिङ गर्नाले मांसपेसीहरु व्यायाम गर्नु भन्दा पहिले तात्छन् र व्यायाम पछि आराम महसुस गर्छ । धेरै स्ट्रेच गर्नुहोस् ।
हप्तामा ३-५ पटक जिम जानुहोस्
कार्डियो र स्ट्रेन्थ ट्रेनिङ कार्यक्रम दुवैको मिश्रण गरेर आधादेखि एक घन्टासम्म जिममा व्यायाम गर्नुहोस् । विशेषज्ञहरुले हरेक हप्ता कम्तीमा १५० मिनेटको मध्यम स्तरको एरोबिक एक्टिभिटी गर्न सुझाव दिन्छन् ।