मृगौला पिडितका लागि रक्दान
श्री पशुपति अन्नपूर्णा आश्रम संस्थाका केन्द्रिय अध्यक्ष तथा हामी नेपाली ग्लोवल(सयुक्त राज्य अमेरिका)का प्रमुख संरक्षक अन्तराष्ट्रिय समासेवी प्रा.डा.जगदीश बैद्य, यस संस्थाका लतितपुर जिल्ला सभापति सह प्रा.ई सुमन मल्ल र सस्थाका केन्द्रिय प्रवक्ता सह प्रा.कुल वहादुर पाण्डे (के. वि. सम्राट) ले रक्तदान गर्नु भएको छ ।

राष्ट्रिय मृगौला उपचार केन्द्र, सुमेरु अस्पतालमा उपचार गरिरहनु भएकि मृगौला पिडित विरामी लक्ष्मी कुमारी श्रेष्ठलाई थप उपचारका लागि रगत आवश्यक भएपछि रगतको खोजी गरिएको थियो ।
कोरोना संक्रमन वढेसंगै देशैभर रक्तदान गर्ने ब्यक्तिहरु नभएपछि रगतको आपूर्तिमा अभाव भएको छ । रगत अभाव भएपछि विरामीहरुको उपचारमा कठिनाई भएको अस्पतालहरुले वताएका छन ।

रगत अभाव भएपछि उपचारमा समस्या भएपछि अस्पताल प्रशासन र विरामीका आफन्तजनहरुले रगतको खोजी गरिरहेको खवर पाएपछि नेपालीहरुको अन्तराष्ट्रिय संस्था हामी नेपाली ग्लोवल (सयुक्त राज्य अमेरिका) का केन्द्रिय अध्यक्ष अमृत लामाको जानकारी पछि अन्तराष्ट्रिय समासेवी प्रा.डा.बैद्यको समन्वयमा रक्तदान गरिएको हो ।
शुक्रवार विहान सुमेरु अस्पतालमा पुगेर डा. वैद्य सहितको टोलिले रक्तदान गरि ३ प्वाइन्ट रगत सुमेरु अस्पाताल मार्फत विरामी श्रेष्ठका लागि उपलब्ध गराईएको सह प्रा.ई. सुमन मल्लले जानकारी दिनु भयो । रगत पाएसंगै विरामीको थप उपचार सुरु गरिएको अस्पताल प्रशासनले जनाएको छ ।