मदिरा व्यवसाय निर्वाद रुपमा संचालन गर्न पाउनुपर्ने व्यवसायीहरुको माग
मदिरा व्यवसाय निर्वाद रुपमा संचालन गर्न पाउनु पर्ने माग मदिरा व्यवसायीहरुले गरेका छन् । नेपाल मदिरा ब्यबसायी महासंघले सरकारलाई ध्यार्नाकर्षण गराउदै मदिरा तथा मदिराजन्य ब्यबसाय तत्काल निर्वाद रुपमा संचालनका लागि आवश्यक वातावरण तयार गरिदिन सरकारसंग आग्रह गरेको छ ।

नियमित रुपमा मदिरा ब्यावसाय संचालन नहुदा यस क्षेत्रमा संग्लन ब्यापारी र कामदारहरुको रोजीरोटि गुमेको, नियमित रुपमा ब्यावसाय संचालन नहुँदा घरभाडा र बैकंको ब्याज तिर्नु पर्ने बाध्यताले ब्यावसाय धरासायी भएको छ भने बेयर, वाईन तथा जुसहरुको उपभोग गर्ने मिति निश्चित हुने भएकाले लामो समय ब्यावसाय संचालन हुदा म्याद गुर्जेर ब्यबसायीहरुको करोडौंको क्षति पुगेको छ । यसका साथै नियमित रुपमा मदिराको खरिद विक्रि नहुदा मदिराको अवैध कारोवारो वढेपछि सरकारी राजस्वमा समेत क्षति पुगेको छ । घरेलु मदिराको उत्पादन बृद्धि भएपछि खाध्यान्नको दुरुपयोग वढेकोले पनि तत्कालै निर्वाद रुपमा मदिरा ब्यवसाय संचालन हुनु पर्ने माग नेपाल मदिरा ब्यबसायी महासंघको छ ।
मदिरा व्यवसायको कारोवार नियमित नहुँदा राज्य र ब्यावसायीलाई करोडौको क्षतिपुगेको महासंघले जनाएको छ । यो परिस्थितिमा राज्यबाट कानुन वमोजिम विभिन्न निकायमा दर्ता भई मदिरा सम्वन्धी ऐन नियमहरुलाई पूर्ण पालना गरि राजश्व तिरेर संचालन गरिएको मदिरा व्यवसाय तत्काल नियमित संचालन गर्दा राज्य र ब्यवसायीहरुलाई नै फाईदा हुने महासंघले जनाएको छ ।
कोरोना संकट वढेपछि विश्वका धेरैजसो देशहरुमा लगडाउन भए पनि मदिरा तथा मदिरा जन्य ब्यावसाय लगायतका दैनिक उपभोग्य वस्तुहरुको विक्रि वितरणका लागि निश्चित मापदण्ड प्रयोग गरि कारोवार भैरहेकोले नेपालमा पनि कोरोना संक्रमनका लागि सरकारले तोकेको मापदण्ड पुरा गरेर विना सर्त मदिरा ब्यबसाय संचालन गर्न पाउनु पर्ने माग ब्यबसायीहरुको छ ।
नेपाल मदिरा ब्यबसायी महासंघले महासंघका पदाधिकारीहरु, सल्लाहकार, कानुन ब्यबसायी लगायतका विभिन्न सरोकारवालसंगको छलफल पछि मदिरा ब्यबसाय संचालनका लागि आवश्यक वातावरण तयार गर्न सरकारसंग माग गरेको हो ।
नियमित रुपमा मदिरा ब्यावसाय संचालनका लागि सरकारले आवश्यक वातावरण तयार नगरे नेपाल मदिरा ब्यबसायी महासंघको अगुवाईमा देशका ७७ वटै जिल्लामा आन्दोलनका कार्यक्रम गरिने महासंघले जनाएको छ । नेपालमा मदिरा ब्यावसायवाट राज्यलाइ कुल २५ प्रतिशत राजस्व संकलन हुदै आएको भए पनि यस क्षेत्रको ब्यावसाय संचालनमा सधै राज्यका निकायहरुवाट असहयोग हुदै आएको ब्यावसायीहरुको गुनासो छ
हाम्रो ब्यावसाय धरासयी भएकाले निर्वादरुपमा ब्यबसाय संचालन गरि ब्यावसायीका आधारभूत समस्याको समधान गरिदिन सरकारसंग अग्रह गरिएको नेपाल मदिरा ब्यबसायी महासंघका अध्यक्ष सोनाम शेर्पाले वताउनु भयो । नियमित ब्यावसायी गतिविधी नहँुदा दैनिक खर्च धान्न समस्या भएको ब्यावसायीहरुको गुनासो छ । पछिल्लो समय ब्यावसाय संचालनका लागि सरकारले स्पट निर्णय नगर्दा ब्यावसायीहरु अन्यौलमा परेका छन ।