विप्लव समूहका केन्द्रीय सदस्य कांग्रेसमा प्रवेश

मोरङ, फागुन ९

नेकपा माओवादी (विप्लव समूह)का केन्द्रीय सदस्य नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । मोरङको सुन्दरहरैंचामा भएको कार्यक्रममा विप्लव समूहका केन्द्रीय सदस्य थानेश्वर दाहाल कांग्रेसमा प्रवेश गरेका हुन् ।

दाहाललाई नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीमा स्वागत गरेका हुन् । देशमा संघीयता र अहिलेसम्मका उपलब्धीको रक्षाका लागि सबै लोकतान्त्रीक शन्तिमा सामेल हुनुपर्ने कोइरालाको भनाइ थियो ।

नेपालमा कम्युनिष्ट पार्टीले देशको विकास गर्न नसक्ने भएकाले आफू कांग्रेसमा प्रवेश गरेको उनको भनाइ थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *