क्यानडाको लागि अबैतनिक जनसम्पर्क पर्यटनदुतमा टण्डन नियुक्त

विश्वब्यापी रुपमा नेपाल र नेपालका पर्यटकीय क्षेत्रको प्रर्वधनमा लामो समय देखि योगदान गदै आएका नरवहादुर टण्डनलाई नेपाल पर्यटन वोर्डले क्यानडाका लागि अबैतनिक जनसम्पर्क पर्यटनदुतमा पुनः नियुक्ति गरेको छ । नेपाल पर्यटन वोर्डका कार्यकारी अधिकृत डा.धनञ्जय रेग्मीले अबैतनिक जनसम्पर्क पर्यटनदुतमा टण्डनलाई नियुक्ति गर्नु भएको हो ।

नेपालका पर्यटकी क्षेत्रकाे प्रर्वधन गर्दै टन्डन


यस अधि सन् २०१६ मा पर्यटनदुतका रुपमा नियुक्ती गरिएका टण्डनले नेपाली मौलिख संस्कार, संस्कृति, नेपाली उत्पादन, नेपालका पर्यटकीय क्षेत्रहरुको प्रचार प्रशार र प्रर्वधनका लागि क्यानडा, अमेरिका लगायतका देशहरुमा विभिन्न कार्यक्रम गदै आउनु भएको छ । नेपालको पर्यटन विकासमा उहाँको भुमिकालाई उच्च सम्मान गदै पुनः अबैतनिक जनसम्पर्क पर्यटनदुतमा नियुक्ति गरिएको नेपाल पर्यटन वोर्डले जनाएको छ ।

नेपाल पर्यटन वोर्डले क्यानडाका लागि अबैतनिक जनसम्पर्क पर्यटनदुतमा पुनः नियुक्ति गरेको पत्र ।


क्यानडा, अमेरिका लगायतका देशमा संचालन हुने विभिन्न सवारी साधन तथा मालवहाक साधनहरुमा नेपाली संस्कार र संस्कृति सम्वन्धी पेन्ट, ब्यानर, पोष्टर लगायतका सामग्रीहरु उत्पादन गरि प्रचार गदै आएका टन्डनले नेपालका दुगर्म तथा विपन्न क्षेत्रका विद्यालयहरुमा विभिन्न शैक्षिक सामग्रीहरु तथा स्वास्थ्य सामाग्रीहरु समेत प्रदान गदैे आउनुभएको छ ।


समृद्ध नेपाल निर्माणमा सबै नेपालीहरुको सक्दो योगदान हुनुपर्नेमा जोड दिदै टन्डनले भन्नु भयो विभिन्न कारणले नेपाल वाहिर रहेपनि नेपाल प्रतिको भावनात्म सम्वन्ध अझ प्रगाड हुनेभएकाले सक्दो योगदान गर्नु आवश्यक रहेको उहाँको भनाई छ । मार्च ११, सन् २०२१ मा नियुक्त हुनुभएका टन्डनको कार्यकाल मार्च १०, सन् २०२३ सम्म हुने छ । नियुक्ति पछि संक्षिप्त टेलिफोन कुराकानी गदै टन्डनले अबैतनिक जनसम्पर्क पर्यटनदुतको जिम्मेवारीले नेपालको विकासमा थप योगदान गर्न उत्प्रेरणा भएको वताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *