मदिरा ब्यावसायी महासंघद्धारा आगलागी पिडित मदिरा ब्यावसायीलाई आर्थिक सहयोग

नेपाल मदिरा ब्यबसायी महासंघ र मदिरा ब्यावसायी संघ काठमान्डौले धापासी ४ टोखामा सरीता कार्किले संचालन गदै आउनु भएको मदिरा पसल एसएस लिकर आगलागीबाट पूर्णरुपमा क्षति भएपछि तत्काल ब्यावसाय संचालनका आर्थिक सहयोग गरिएको मदिरा ब्यावसायी महासंघले जनाएको छ ।

आगलागीले क्षतिग्रस्त मदिरा पसल

नेपाल मदिरा ब्यावसायी महासंघले एकाउन्न हजार र मदिरा ब्यावसायी संघ काठमान्डौ जिल्लाले पचास हजार रुपौया गरि जम्मा एक लाख एक हजार रुपौया आर्थिक सहयोग गरिएको महासंघका अध्यक्ष सोनाम शर्पाले वताउनु भयो । आगलागिबाट क्षति भएपछि ब्यावसाय संचालनमा समस्या भएपछि आर्थिक सहयोग गरिएको महासंघका अध्यक्ष शर्पाले वताउनु भयो ।

आर्थिक सहयाेग प्रदान गर्नुहुदै नेपाल मदिरा ब्यावसायी महासघका अध्यक्ष श्री साेनाम शेर्पा

आगलागी पछि पूर्ण रुपमा क्षतिग्रस्त भएको पसल संचालनका लागि आर्थिक सहयोगका लागि विभिन्न निकायहरुमा अनुरोध गरिएको र नेपाल मदिरा ब्यावसायी महासंघ तथा मदिरा ब्यावसायी संघ काठमान्डौको पहलमा तत्काल ब्यावसाय संचालनका लागि संस्थागत रुपमा आर्थिक सहयोग गरिएको र अरु थप आर्थिक सहयोगका लागि पहल भैरहेको मदिरा ब्यावसायी संघ काठमान्डौका जिल्ला अध्यक्ष गोविन्द बरालले वताउनु भयो ।

आर्थिक सहयाेग प्रदान गर्नुहुदै मदिरा ब्यावसायी सघ काठमान्डाैका अध्यक्ष श्री गाेविन्द बराल

नेपाल मदिरा ब्यावसायी महासंघबाट महत्वपूर्ण सहयोग भएको र महासंघको पहलमा आगलागि वाट क्षति भएको पसललाई थप आर्थिक सहयोगका लागि विभिन्न मदिरा ब्यावसायी कम्पनीहरुसंग समन्वय भैरहेको संघका अध्यक्ष बरालले बताउनु भयो ।

आगलागी पछी क्षतिग्रस्त मदिरा पसल

आगलागी भएको खवर पाएपछि नेपाल मदिरा ब्यावसायी महासंघका अध्यक्ष सोनाम शेर्पा, मदिरा ब्यावसायी संघ काठमान्डौका अध्यक्ष गोविन्द बराल लगायतले क्षतिग्रस्त पसलको स्थलगत अनुगमन समेत गर्नु भएको छ । फागुन ५ गते विहान भएको आगलागि वाट २० लाख भन्दा वढि क्षति भएको मदिरा ब्याबसायका संचालक सरिता कार्किले वताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *